
आज असार २९ गते, नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती देश विदेशमा धूमधामसँग मनाइँदैछ — यो दिवस नेपाली भाषा, संस्कृति र साहित्यको एकताको प्रतीक बनेको छ ।
भानुभक्त आचार्यको योगदानहरूकाे चर्चा गर्नुपर्दा संस्कृतबाट नेपाली भाषामा भावानुवाद गरिएको रामायण लेखेर नेपाली जनतालाई साक्षरता र सांस्कृतिक चेतनाको मार्गमा डाेर्याउन खाेजेका देख्न सकिन्छ ।
वधुशिक्षा , भक्तमाला, रामगीता लगायत कृतिहरू नेपाली साहित्यमा अमूल्य धरोहर बनेका छन्।
कविता मार्फत तत्कालीन प्रशासनमा हुने ढिलासुस्ती र भोलिवादूको आलोचना गर्दै सामाजिक चेतना फैलाउनुभयो।
नेपालभित्र काठमाडौँको रानीपोखरीमा रहेकाे भानु माध्यमिक विद्यालयकाे प्रमुख प्रवेशद्वारमा रहेकाे भानुकाे प्रतिमामा माल्यार्पण र नगर प्रभातफेरी कार्यक्रम गरी मनाइने चलन यथावत् रहेकाे छ । त्यसैगरी भारत (पश्चिम बंगाल प्रदेशस्थित सिक्किम, आसाम, दार्जिलिङ, कालेबुङ), भुटान, बर्मा लगायत नेपाली भाषाभाषी समुदाय भएका देशहरूमा पनि यो दिवस विशेष हर्षाेल्लासका साथ मनाउने गरिन्छ ।
भानुभक्तको प्रभावः
नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र भाषा साहित्यको विकासमा ऐतिहासिक योगदानबारेमा धेरै लेखक, समालोचक र शोधकर्ताले उहाँका विचारहरू र साहिाियक योगदानमाथि अझ गहिरो छलफल, समीक्षा र अनुसन्धान गरिरहेका छन् ।
विवाद र मान्यताः
केही समालोचकहरू आदिकवि भन्ने उपाधि विवादास्पद मान्छन्, तर त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले नेपाली लोकलयमा रामायण प्रस्तुत गरेको योगदानको आधारमा यो उपाधि न्यायोचित ठान्छन् भानुभक्तले दिएको भाषिक एकताको बीउ आज पनि नेपाली घरघरमा रामायण पाठको लयमा गुञ्जिरहेकै छ ।

भरजन्म घाँसतिर मन दिई धन कमायो ।
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो ?
म भानुभक्त धनी भैकन किन आज यस्तो
भानुभक्त आचार्य एक नेपाली भाषाका कवि, लेखक, र दार्शनिक थिए । आचार्य आधुनिक नेपाली भाषाका प्रारम्भिक लेखकहरू मध्ये एक थिए जसले भविष्यका नेपाली साहित्यको जग बसालेका थिए । उनलाई आदिकविको उपनामले सम्मान गरिएको छ ।
प्रारम्भिक जीवन
भानुभक्तको जन्म विक्रम सम्वत १८७१ असार २९ गते धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहुँ जिल्लाको चुँदी रम्घामा भएको थियो । उनका हजुरबुवा श्रीकृष्ण आचार्य जुम्ला जिल्लाको सिन्जा उपत्यकाबाट तनहुँ जिल्लामा बसाइँ सरेका थिए । उनलाई आफ्नो हजुरबुवा श्रीकृष्ण आचार्यले सानै उमेरदेखि शिक्षा दिएका थिए । उनका बुबा धनञ्जय राणा शासन कालमा सरकारी जागिरमा काम गथ्र्यो । भानुभक्तको हजुरबुवाले नक्षत्र बलिदान विधि, कपुृर स्तोत्र, तीर्थ श्राद्ध, कार्तिक महात्म्य, ज्योतिष रत्नमाला जस्ता पुस्तकहरू संग्रहित र लेखेका थिए ।
पाहाड्को अति बेस देश तनहुँमा श्रीकृष्ण ब्राह्मण थिया
खूब् उच्चाकुल आर्यवंशि हुन गै सत्कर्ममा मन दिया ।
विद्यामा पनि जो धुरन्धुर भई शिक्षा मलाई दिया
उन्को नाति म भानुभक्त भनी हूँ यो जानिचिन्ही लिया ।।
