Uncategorized

राष्ट्रियसभा बैठक आज अपराह्न

काठमाडाैं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न १२:१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ।

बैठकमा ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउने विषयमा सांसद सुमित्रा बिसी, उर्मिला अर्याल, कमला पन्तजस्ता नेतृहरूले प्रस्तुत गर्नुभएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ।

जलस्रोत विधेयक, २०८१

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहितको विधेयकमाथि विचार गर्न प्रस्ताव राख्ने कार्यक्रम रहेको छ।

नागरिकता संशोधन विधेयक

गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसदमा पेश गर्नेछन्।

आजको दिन राजनीतिक दृष्टिले महत्वपूर्ण बन्ने संकेत बैठकमा उठ्ने प्रस्तावहरू सामाजिक, कानुनी र नागरिक अधिकारसँग जोडिएका छन्। नागरिकको जीवनस्तर, जलस्रोतको व्यवस्थापन र नागरिकता नीतिमा प्रभाव पार्ने यी विषयहरूमा बहस हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button