Uncategorized

बेनी–दरबाङ सडकखण्ड पहिरोले पूर्ण रूपमा अवरुद्ध

म्याग्दी, असार २३ – म्याग्दीको बेनी नगरपालिका–४, घुमाउने भिरस्थित बेनी–दरबाङ सडकखण्डमा पहिरो आएर सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

स्थानीय प्रशासन स्राेतबाट प्राप्त खबर अनुसार सोमबार बिहान करिब ५:५० बजे घुमाउने भिरस्थित बेनी–दरबाङ सडकखण्डमा सडक माथिबाट लेदो माटोसहितको पहिरो खसी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

प्रहरीले सडक खुलाउन पहल भइरहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button