
काठमाडौं, असार १० ।
नेपाल सरकारले स्वास्थ्य सेवा सुधारको क्रममा महत्वपूर्ण निर्णय लिँदै केही स्थानहरूबाट ‘प्रथम सेवा बिन्दु’ हटाउने प्रक्रिया सुरु गरेको छ।
स्वास्थ्य बीमा बोर्ड, बबरमहल काठमाडौंबाट आज जारी सूचनामा बोर्डले स्वास्थ्य बीमा ऐन २०७४ तथा नियमावली २०७५ को व्यवस्थाअनुसार सेवा बिन्दु परिवर्तनको निर्णय गरेको जनाएको छ।
यसअनुसार २०८२ असार १ गतेदेखि सम्बन्धित संस्थाले प्रदान गर्दै आएको प्रथम सेवा बिन्दु हटाईनेछ। निर्णय अनुसार अब ती संस्थाबाट प्रथम सेवा बिन्दुको रूपमा स्वास्थ्य सेवा लिन नपाइने स्पष्ट गरिएको छ।
स्वास्थ्य बीमा बोर्डले यसअघि प्रदान हुँदै आएको सेवाको प्रभावकारिता तथा व्यवस्थापन पक्षलाई ध्यानमा राख्दै सो निर्णय गरेको जनाएको छ। साथै, बोर्डले सेवाग्राहीहरूलाई वैकल्पिक व्यवस्था मिलाउने तयारी भइरहेको समेत उल्लेख गरेको छ।
यस निर्णयबारे जिल्ला र प्रदेशस्तरीय कार्यालयहरूलाई समेत जानकारी गराइएको छ।
स्वास्थ्य बीमा बोर्डले सबै सेवाग्राहीलाई असुविधा नहोस् भन्ने उद्देश्यका साथ वैकल्पिक सेवा व्यवस्थापन चाँडै सार्वजनिक गरिने बताएको छ।
थप जानकारीका लागि:
वेबसाइट: www.hib.gov.np
ईमेल: info@hib.gov.np