डाेल्पामा अनियमित तरिकाले सञ्चालित दुर्गा प्रा.वि.माथि अ.दु.अ.आयोग (CIAA)काे तेर्साे नजर

डाेल्पा – डोल्पा जस्तो दुर्गम स्थानमा जहाँ पहुँच, स्रोत र अवसरहरू पहिले नै सीमित छन्, त्यहाँ शिक्षा प्रणालीमा अनियमितता भएकाे शंकास्पद जानकारी पाएपछि गरिएकाे अनुसन्धानबाट स्पष्ट भएकाे अ.दु.अ.आयोग (CIAA) ले जनाएकाे छ ।
विद्यालयजस्तो पवित्र संस्था, जसले भविष्य बनाउने बाटो बनाउनु पर्ने हो, त्यसैको नाममा भ्रष्टाचार हुनु विडम्बनापूर्ण भएकाे छ। जुन कुरा डाेल्पाकाेठूलीभेरी नगरपालिका वडा नम्बर ४ तिप्लास्थित ‘दुर्गा प्राथमिक विद्यालय’ वास्तवमा न विद्यालयको भवन, न शिक्षक, न त विद्यार्थी नै ।
अख्तियारको प्रतिवेदन अनुसार विद्यालयको नाममा सरकारी बजेट विनियोजन गरिएको थियो, तर स्थानीय अनुगमनका क्रममा सो विद्यालयको भौतिक उपस्थिती कतै भेटिएन। त्यसैगरी न शिक्षक, न विद्यार्थीको उपस्थिति देखिएको छ।
“विद्यालय स्थापनाको नाममा बजेट विनियोजन गरी कागजमै प्रक्रिया पूरा गरिए पनि भौतिक रूपमा कुनै पनि संरचना निर्माण भएको छैन,” अख्तियार स्रोतले जानकारी दिएको छ।

स्थानीय बासिन्दाले पनि दुर्गा प्राथमिक विद्यालयको नाम कहिलेकाहीं सुनेकै भए पनि त्यहाँ कुनै विद्यालय सञ्चालनमा नरहेको बताएका छन्। “शिक्षा मन्त्रालयका कागजमा विद्यालय छ, तर हाम्रो गाउँमा विद्यालय छैन,” एक स्थानीयले गुनासो गरे।
तर पनि त्यही काल्पनिक विद्यालयको नाममा ७ लाख ६० हजार रुपैयाँ सरकारी रकम खर्च भएको छ, नक्कली कागजात र मिलेमतोको आधारमा शिक्षा प्रणालीमा यस्तो अनियमितता हुनु अझ गम्भीर विषय हो।
यस्तो घटनाले शिक्षा प्रणालीमा गहिरो निगरानी र पारदर्शिता प्रणालीको खाँचो औंल्याउँछ। यस्ता नक्कली आयोजना रोक्न समाज, सरकारी निकाय र नागरिक सबैको सक्रिय सहभागिता आवश्यक हुन्छ।