Headlineबागमती प्रदेश जिल्ला खबर

उद्योग तथा वाणिज्य कार्यालय दोलखाद्वारा मुकुण्डो बनाउने तालिम शुभारम्भ

दोलखा – बागमती प्रदेश अन्तर्गतको दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नं. २ स्थित प्राचीन एवं सांस्कृतिक नगर दोलखामा मुकुण्डो बनाउने प्रशिक्षण (तालिम) प्रारभ्भ भएको छ ।

प्रमुख अतिथि स्थानीय वडापालिका वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठबाट उद्घाटन भएकोे सो प्रशिक्षण शुभारम्भ समारोहमा उद्योग तथा वाणिज्य कार्यालय दोलखाका अधिकृत भाष्कर ढुंगाना, यही प्रशिक्षणका लागि विशेष पहल गर्ने नेवाः देय् दबू केन्द्रीय समितिका उपाध्यक्ष शान्त श्रेष्ठको उपस्थिितिमा सो कार्यको प्रारम्भ भएको हो ।

उक्त मकुण्डो तालिममा १७ जना पुरुष र ४ जना महिला गरी २१ जना प्रशिक्षार्थी रहेको र ३ जना प्रशिक्षक रहेको जानकारी पहलकदमी व्यक्ति नेदेदबूका उपाध्यक्ष शान्त श्रेष्ठले दिएका छन् । मुख्य प्रशिक्षक टेकबहादुर कसजु रहेका छन् भने सह प्रशिक्षणमा यज्ञ प्रधान र वीबहादुर शिवभक्ति रहेका छन् । तालिम दाेलखाकाे कुमारी छेँ भवनमा हुनेछ ।

विविध चाडपर्व, जात्रामात्रा, ऐतिहासिक एवं धार्मिक नृत्य नाटकहरूमा प्रयोग गरिने लाखे, भैरवकुमारी, ख्याली (दाउरे), देवी, कवन जस्तो महत्वपूर्ण मकुण्डो (ख्वाल) दोलखाको पहिचानको रुपमा लिइन्छ । विगत केही दशकदेखि हस्तकला सम्बन्धीको अनुभवी व्यक्ति सीमित भएको त्यसमाथि आफ्नै कार्यक्षेत्रमा व्यस्त हुनुपरेको कारणले यस्तो आवश्यकीय वस्तुहरूरूो अभाव परिपूर्ति गर्न बजारिया सामग्री खरिद गर्न बाध्य हुनुपरेकोले स्वउद्यमी बन्न यो कदम चालिएको बताइएको छ ।

दोलखामा लाखे भैरवकुमारी जात्रा तथा ऐतिहासिक ‘खरीप्याखन’ नृत्यमा देवी, दैत्य, कवन तथा जनावरको रूपमा सिंह र बाघको आकृति देखाउँदा मकुण्डो र विषयगत वस्त्र पहिर्याउने प्रचलन रहेको छ । यस प्रशिक्षण कार्यक्रमले स्वरोजगारलाई टेवा पुग्नुका साथै दोलखाको संस्कृति दिगो राख्नका लागि ठूलो आधारस्तम्भ प्राप्त भएकोमा अत्यन्तै खुशी र गर्व लागेको तर्क प्रमुख अतिथि वडाध्यक्ष स्टालिन श्रेष्ठले बताएका छन् ।

यस कार्यका लागि बागमती प्रदेश सरकारका उद्योग मन्त्रालयका पूर्व मन्त्री प्रकाश श्रेष्ठको मुख्य पहलमा आर्थिक सहयोग प्राप्त भएको जानकारी विशेष अतिथि शान्त श्रेष्ठले बताएका हुन् । यो प्रशिक्षण १ महिनासम्म हुने बताइएको छ । कार्यक्रममा स्थानीय संस्कृतिप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
13
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button