Headlineसमाचारस्वास्थ

खाेटाङकाे हलेसीमा आँखा शिविर सम्पन्न ६०३ जना लाभान्वित

खोटाङ – खाेटाङकाे हलेसी बजारमा नेपाल नेत्रज्योति सङ्घले आयोजना गरेकाे आँखा शिविर सफलतापूर्वक सम्पन्न भएकाे छ ।

हलेसी बजारमा निःशुल्क शल्यक्रियासहित गरिएकाे आँखा शिविरकाे आयोजना नेपाल नेत्रज्योति सङ्घले गरेका हुन् साे शिविरमा ६०३ जना लाभान्वित भएकाे छ ।

काेशी प्रदेशकाे लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक तथा हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक सहयोगमा भएकाे साे शिविरमा १०७ जनाको शल्यक्रिया गरिएको शिविर चैत १४, १५ र १६ गतेसम्म सञ्चालन भएको हाे ।

नेत्रज्योति सङ्घका अध्यक्ष इन्द्र कसजूले जानकारी दिए अनुसार शिविरमा ४४५ जनालाई औषधि तथा ७५ जना ज्येष्ठ नागरिकलाई चस्मा वितरण गरिएको थियाे । शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानका मुख्य शल्य चिकित्सक डाक्टर दिवाकर चौधरीसहित १६ जनाको प्राविधिक टोली परिचालन भएको जनाइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button