Breaking News

पत्रकार सुरेश रजककाे हत्याप्रकरणः उपत्यकाका पत्रकारहरूद्वारा माइतीघर मण्डलामा विरोध प्रदर्शन

काठमाडौँ चैत १६ गते – राजावादीहरूकाे उद्दण्ड आन्दोलनका कारण समाचार सङ्कलनकाे क्रममा रहेका पत्रकार सुरेश रजकको हत्या भएको विरुद्धमा पत्रकारहरू काठमाडाैंकाे माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । 

नेपाल पत्रकार महासङ्घको नेतृत्वमा १६ गते शनिबार बिहान पत्रकारहरूले आन्दोलन सुरु गरेका छन् । १५ गते शुक्रवार भएको राजावादीहरूको आन्दोलनमा पत्रकार सुरेश रजक समसामयिक अवस्थाकाे ताजा समाचार बनाउने उद्देश्यले ताेडफाेड भएकाे घरकाे पहिलाे तलाकाे झ्यालबाट क्यामेरामा आन्दोलनकाे दृश्य कैद गर्दै थिए । साेही भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीहरूले आगो लगाएसँगै रजक जलेर मृत्यु भएको थियो ।

यस घटनाप्रति घाेर निन्दा गर्दै घटनाकाे यथार्थ छानबिन र दोषी उपर कारवाहीको माग गर्दे आउने दिनमा मिडिया माथि प्रहार नगर्न समेत माग सहित धर्ना कसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button