Breaking Newsबिशेषसमाचार
चैत्र १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट संसद्मा सम्बोधन हुने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीबाट चैत्र १८ गते संसद्मा सम्बोधन हुने जानकारी प्राप्त भएको छ ।
सत्ताधारी दाेस्राे ठूलाे राजनीतिक दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए अनुसार विपक्षी दलले उठाएका विषयमा चैत्र १८ गते बस्ने संसदीय बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी गराएको बताएका छन् ।
विपक्षी दलहरूले विद्युत् प्राधिकरणबाट कुलमान घिसिङको हटाएको विषयलाइ लिएर प्रधानमन्त्री केपी शर्मा ओली स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने अडान सहित सदन अवरोध गर्दै आइरहेका छन् ।
बुधबारदेखि प्रतिपक्षी दलहरुले निरन्तर संसद् अवरोध गरेपछि प्रधानमन्त्री ओलीले जवाफ दिन तयार रहेकाे प्रमुख सचेतक बर्ताैलाले जनाएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?