Breaking NewsHeadline

राजतन्त्रवादी समर्थक भागाभागकाे अवस्था सडक प्रहरीकाे कब्जामा

राजावादीहरूकाे जुलुस तीनकुनेबाट शान्तिनगर हुँदै नयाँ बानेश्वर तर्फ जाने क्रममा प्रहरीले हस्तक्षेप गर्दा मुठभेडकाे अवस्था सिर्जना भएकाे छ ।

राजावादी प्रदर्शनकारी प्रहरीकाे झडपकाे कारणले स्थिति तनवापूर्ण भएकाे छ । प्रहरीले अश्रुग्यास सहित लाठीचार्ज गर्दा केही प्रदर्शनकारी घाइते भएका छन् । अहिले त्यहाँकाे अवस्था प्रहरीले सडक पूरै कब्जामा लिएर प्रदर्शनकारीहरू लखेटिएका छन् ।

निषेधित क्षेत्र ताेड्दै अगाडि बढेर जाने क्रममा राजावादी समर्थकमाथि धरपकड गरी पक्राउ गरिएका छन् । कतिपय प्रदर्शनकारीहरूकाे अाँखा समेत फुटेकाे जानकारी प्राप्त भएकाे छ भने तीनजनाकाे नाक समेत भाँच्चिनेगरी लाठीचार्ज भएकाे जानकारी प्राप्त भएकाे छ । यतिबेला प्रदर्शनकारीहरू तितरिबतरकाे अवस्थामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button