Headlineबागमती प्रदेश जिल्ला खबर

दोलखा: प्रगतिशील लेखक संघ नेपालको अध्यक्षमा तारा बहादुर महत निर्वाचित

दोलखा—प्रगतिशील विचारधाराका लेखक र साहित्यकारहरूको साझा मञ्च प्रगतिशील लेखक संघ नेपाल, दोलखा शाखाले आफ्नो नयाँ नेतृत्व चयन गरेको छ। बुधबार चरिकोटमा सम्पन्न पाँचौं जिल्ला भेलाले पत्रकार तथा लेखक तारा बहादुर महतलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो।

नवगठित १३ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष समिरा बस्नेत, सहसचिव रोशन योगी र कोषाध्यक्ष नविन पोखरेल निर्वाचित भएका छन्। सदस्यहरूको रूपमा विमल खड्का, जीवन शर्मा, बिर्सम श्रेष्ठ, याङ्डोमा शेर्पा, इन्दिरा थामी, निलिशा थापा, र लक्ष्मी भुजेल रहेका छन्। समितिको कार्यकाल तीन वर्षको रहनेछ।

भेलाको उद्घाटन सत्र प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश इन्चार्ज डा. कृष्ण सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत, बागमती प्रदेश अध्यक्ष हरि प्रसाद सिलवाल, केन्द्रीय सचिवालय सदस्य दिनेश दुलाल, र कार्यसमिति सदस्य विनिता शिवाकोटी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको अध्यक्षता संघका निवर्तमान जिल्ला अध्यक्ष सुन्दर खड्काले गर्नुभएको थियो । नयाँ कार्यसमितिले साहित्यिक क्षेत्रमा प्रगतिशील धारणा र कार्यशैलीलाई अझ सशक्त पार्न र नवप्रवर्तनशील गतिविधिहरूको प्रवर्द्धनमा विशेष ध्यान दिने अपेक्षा कार्यक्रम सम्पन्न भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button