Headlineघटना दुर्घटना
बाबुले चलाएको ट्रकले किच्दा आफ्नै ३ वर्षीया छोरीको मृत्यु

बनेपा – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका –४ मा बा ४ ख ८५९२ नंवरको महेन्द्र निशान ट्रकले किच्दा ३ वर्षीया समीक्षा बरालको मृत्यु भएको हो ।
सिन्धुली गोलन्जोर गाउँपालिका –१ घर भएका ट्रक चालक सरोज बरालले खाली ट्रक ब्याक गर्ने क्रममा छोरी समीक्षालाई किचेको जनाइएकाे छ । उनी स्थानीय शुभकामना सप्लायर्स नामक बालुवा डिपोमा गाडी चलाउन बस्दै आएका हुन् ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख ज्ञानबहादुर खड़काले जानकारी दिए अनुसार बालिका समीक्षाको घटनास्थलमै मृत्यु भएको र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक बालिकाको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको बताइएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?