Headlineबागमती प्रदेश जिल्ला खबर

दाेलखामा १२ कक्षाको परीक्षा तैयारीका लागि नि:शुल्क कोचिङ्ग कक्षा उद्घाटन ।

दाेलखा – पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्व सभापति लोक नायक स्व. गिरिजाप्रशाद कोईरालाको १५ औ स्मृति दिवसको अवसरमा १२ कक्षाको परिक्षा तैयारीका लागि तेस्रो नि:सुल्क कोचिङ कक्षा उद्घाटन गरिएकाे छ ।

गिरिजप्रसाद कोईराला फाउण्डेसन दोलखालेआयाेजना गरेकाे साे अवसरमा गणतन्त्र नेपालको प्रथम राष्ट्राध्यक्ष, पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्व सभापति लोक नायक स्व. गिरिजाप्रशाद कोईरालाको १५ औ स्मृति दिवसको अवसरमा नेपाली काँग्रेसकै आदर्श पुरुष भीमबहादुर तामाङको सम्झनामा उक्त कार्यक्रम भएकाे हाे ।

१२ कक्षाको परीक्षाकाे तैयारी स्वरूप भएकाे उक्त तेस्रो नि:सुल्क कोचिङ कक्षा उद्घाटन समारोहमा नेपाली कांग्रेस दोलखाको सभापति बर्मा लामाको प्रमुख आतिथ्यमा र जिपि फाउन्डेसन दोलखाको अध्यक्ष राकेश श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा द्वाल्खा गुठीका अध्यक्ष समाजसेवी विनोद मास्के , तरुण दल केन्द्रीय सदस्य भीम खड्का लगायत विभिन्न राजनीतिक व्यक्तित्वका साथै शैक्षिक संस्थासंग सम्बन्धित व्यक्तिहरूका साथै नि: शुल्क कोचिङ्ग कक्षामा सम्मिलित हुने २०० भन्दा बढी विद्यार्थीहरू सहभागी भएका थिए ।

A

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button