Breaking News

कुलमान घिसिङलाई हटाइएकाेमा काठमाडाैंमा विराेध सुरु

काठमाडाैं – नेपाल सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकाे विराेधमा जनता जाग्न थालेका छन् ।

काठमाडाैंका विभिन्न स्थानबाट विराेध र्याली निकाल्ने तैयारी भइरहेकाे एक विशेष सूत्रबाट जानकारी प्राप्त भएकाे छ । यससंगै नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियुले ऊर्जामन्त्री दीपक खड्काको पुतलादहन गरेका छन् भने विद्यार्थी समूहले विश्वभाषा क्याम्पसबाट खड्काको पुतला जलाउँदै प्रदर्शन गरेका थिए । प्रहरीले हस्तक्षेप गरेर आगो निभाएको छ।

कुलमान घिसिङकाे पदमाथि राजनीतिक चलखेल भएकाे अाराेप लगाउँदै विगतका दिनदेखि नै समाचार सञ्जालमा विभिन्न चर्चापरिचर्चा भइरहेकाे थियाे । घिसिङ हटाउने कुरामा सत्तापक्षका सांसदबाट पनि बारम्बार चर्काे अालाेचना हुँदै अाएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button