Headlineघटना दुर्घटना

गुड्दागुड्दैकाे जीपमा आगलागी, मेशिन रहेकाे भागमा पूर्ण क्षति

सिराहा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैया नगरपालिका ५ संस्था चौकमा बा.१३ च १३२९ नम्वरको स्कारपिओ जीपमा एक्कासि आगलागी भएर क्षति पुगेकाे जानकारी प्राप्त भएकाे छ ।  

इलाका प्रहरी कार्यालय मिर्चैयाले दिएकाे जानकारी अनुसार उक्त गाडी पूर्वबाट पश्चिमतर्फ गइरहेको सो गाडीकाे मेशिन रहेकाे भागमा आगो लागेको

चालकले ब्याट्री सर्ट भएर आगो लागेको भने पनि आगो लाग्नुको कारण अझै खुली नसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले जानकारी दिए।  उनले भने, ‘ड्राइभरले ब्याट्री सर्ट भएर आगो लागेको हुनसक्ने बताए पनि आगलागीबारे यकिन हुन सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।’

आगो स्थानीय र मिर्चैया नगरपालिकाको दमकलले तत्काल नियन्त्रणमा लिएको छ। आगलागीबाट गाडीको अघिल्लो भागमा क्षति पुगेको भएपनि मानवीय क्षति भने नभएकाे जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button