Headlineबागमती प्रदेश जिल्ला खबर
चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो नेपाली मजदुरहरूकाे माग पूरा गर्न सहमति
दाेलखा – एक हप्तादेखि आन्दोलनमा रहेका नेपाली मजदुरहरूले आफ्ना पेशागत मागहरू चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोसँग पूरा गराउन सहमति गरेका छन्।
मजदुरहरूले नेपाल सरकारले तोकेको श्रम ऐनअनुसार ८ घण्टा काम गर्दा योग्य सेवा सुविधा पाउने, वार्षिक ज्याला वृद्धि, दुर्घटना बिमा, चाडपर्व खर्च, औषधि उपचार बिमा, र बिदासम्बन्धी अधिकारहरू सुनिश्चित गरेको सम्झौता भएको छ।
अब यी सहमतिहरूले आयोजनाको काम पुनः सञ्चालन मात्र नभई मजदुरहरूको आर्थिक तथा सामाजिक हकका लागि पनि राम्रो उदाहरण पेश गरेको छ । चिनीयाँ कम्पनीसँग सहमति भएसँगै काम थालनी गरेकाे जानकारी हाइड्राे पावर कम्पनी स्राेतले दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?