Headlineअन्तराष्ट्रियअपराध घटना

हमासले बन्धक रिहा गर्न अस्वीकार गरेपछि आक्रमण गरिएकाे बेन्जामिन नेतान्याहुकाे भनाइ

अन्तर्राष्ट्रिय एजेन्सी – जनवरीको युद्धविरामपछि गाजामा सबैभन्दा ठूलो आक्रमण भएको छ, जसमा कम्तिमा ३२६ जनाको मृत्यु भएको छ। मृतकहरूमा धेरैजसो महिला, बालबालिका र वृद्ध छन्।

इजरायली रक्षा बल (आईडीएफ) ले हमाससँग सम्बन्धित आतंककारीलाई लक्षित गर्दै हवाई आक्रमण गरेको जनाएको छ। आक्रमण आज बिहान २ बजेबाट मध्य गाजाको विभिन्न स्थानहरूमा, जस्तै देर अल–बलाह, गाजा सिटी, खान युनिस, र रफाहमा हवाई आक्रमण गरिएको छ।

हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई युद्धविराम विस्तार गर्ने गतिरोधपछि पुनः युद्ध सुरु गरेको आरोप लगाएको छ भने यता इजरायली प्रधानमन्त्रीको कार्यालयले हमासले बन्धक रिहा गर्न अस्वीकार गरेपछि आक्रमणको आदेश दिइएको बताएको छ।

युद्धविराम विस्तार गर्न भएका वार्ताहरू असफल भएका छन्। यो घटनाले गाजामा जारी द्वन्द्व र मानवीय संकटलाई थप गम्भीर बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button