बागमती प्रदेश जिल्ला खबरबिशेष

दोलखाका युवा समाजसेवी राकेशलाई दाेलखाली संघसंस्थाद्वारा बधाइ तथा शुभकामना प्रदान

काठमाडाैं – दोलखाका सक्षम र दक्ष युवा समाजसेवी राकेश श्रेष्ठको योगदानलाई कदर गर्दै दाेलखाली सामाजिक संघसंस्थाहरूले संयुक्तरूपमा ससम्मान बधाइ तथा शुभकामना प्रदान गरिएको छ।

गत केही महिना पहिले नेपाल राज्यकाे विभिन्न जिल्लामा गठित भूमी समस्या समाधान आयोगकाे समितिहरूमध्ये दोलखा जिल्लाकाे तर्फबाट श्रेष्ठ अध्यक्षको रूपमा नियुक्ति भएका हुन् ।

दाेलखामा जन्म भएर कर्मभूमिकाे रूपमा जीवनयापन गर्दै उपत्यकामा रहेका दाेलखालीहरूकाे सबै संघसंस्थाहरूकाे संयुक्त आयोजनामा काठमाडाैंकाे चाेभार मञ्जुश्री पार्क परिसरमा वनभाेज कार्यक्रम गरिनुका साथै दाेलखाली युवा समाजसेवी अध्यक्ष श्रेष्ठलाई बधाइ तथा कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button