Uncategorized

नेपालमा राष्ट्रिय बाँस सम्मेलन पहिलाेपटक खाेटाङमा हुँदै

खाेटाङ दिक्तेल – काेशी प्रदेशकाे खोटाङमा आजबाट तीन दिनसम्म पहिलो राष्ट्रिय बाँस सम्मेलन हुन गइरहेकाे छ ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीद्वारा उद्घाटन हुने याे सम्मेलन खोटाङको दिक्तेल माटिकोरेमा हुँदैछ। सम्भवतः बाँस विषयक सम्मेलन नेपालमा पहिलाेपटक गरिंदैछ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, वन अनुसन्धान प्रशिक्षण केन्द्र बबरमहल, पर्यटन-वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश र ग्रीन बेम्बो ललितपुरको आयोजनामा हुने याे सम्मेलनले स्थानीय उद्यमीहरूलाई प्रेरणा र प्राेत्साहन मिल्ने जनाइएकाे छ ।

सम्मेलनमा खोटाङबाहिरका २८ जिल्लाका बाँसबाट उत्पादित सामाग्रीहरू प्रदर्शनीमा राख्नका लागि स्टलकाे व्यवस्था गरिएकाे जानकारी आयोजक स्राेतले बताएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईद्वारा दिइएकाे जानकारी अनुसार बाँस सम्बन्धी विभिन्न सम्भावना, अवसर र चुनौतीहरूको खोजी गर्न, बाँस खेतीलाई सुधार गर्न, र खाली जग्गामा बाँस खेती गरी किसानको आयआर्जन बढाउन सम्मेलनको आयोजना गरिएको हो।

तस्बिर साभारः अनलाइन सञ्जाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button