Breaking NewsHeadline

त्रिविविको शिक्षाध्यक्षको कार्यालय र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयमा तालाबन्दी

दुई अध्यक्षले ताला लगाए, ६ संगठनले खोल्न आग्रह गरे

काठमाडौँ, नेपाल – नेपाल विद्यार्थी संघबाट निर्वाचित दुई क्याम्पसका स्ववियु अध्यक्षले त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षको कार्यालय र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयमा तालाबन्दी गरेपछि सोही संगठनका नेताले आपत्ति जनाउँदै ६ विद्यार्थी संगठनले तत्काल ताला खोल्न आग्रह गरेका छन्।

तालाबन्दीका कारण: अध्यक्षसहित कार्यसमितिको कार्यकाल चैत ४ गते सकिने गरी निर्देशिका जारी गरेको विषयमा आपत्ति जनाउँदै तालाबन्दी गरेका हुन्।

तालाबन्दी गर्ने: पद्मकन्या क्याम्पस स्ववियु अध्यक्ष ज्योति पनेरु र अस्कल क्याम्पस स्ववियु अध्यक्ष प्रेम जैसीको अगुवाइमा तालाबन्दी भएको थियो।

निर्वाचन तालिका: त्रिविले आगामी चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकेको छ।

६ विद्यार्थी संगठनको आपत्ति:

  • त्रिवि अनेरास्ववियु अध्यक्ष सिद्धान्त भट्ट, अखिल (क्रान्तिकारी) त्रिवि अध्यक्ष दिनेश ऐर, त्रिवि अनेरास्ववियु अध्यक्ष समिर गौतम, अखिल (छैटौँ) त्रिवि इन्चार्ज विवेक जिसी, अखिल (समाजवादी) त्रिवि संयोजक कविन्द्र सी, र अखिल (क्रान्तिकारी) त्रिवि अध्यक्ष वीरेन्द्र नेपालीले संयुक्त विज्ञप्ति जारी गर्दै तालाबन्दीप्रति आपत्ति जनाएका छन्।
  • सो तालाबन्दीको उद्देश्य स्ववियु निर्वाचनको गतिविधि बिथोल्ने र स्ववियु संस्थालाई प्रतिनिधिविहीन बनाउन गरिएको आशंका गरिएको छ।

उता त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले भने निर्वाचनको प्रक्रिया पूरा भइसकेको बताएको छ। निर्देशनालयले आगामी साताभित्र कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको जानकारी गराएकाेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button