Headlineसमाचारस्वास्थ

देशभर भाइरल ज्वरो र रुघाखोकीका बिरामीको संख्या बढ्दै, अधिकांश बालबालिका प्रभावित ।

देशभर भाइरल ज्वरो र रुघाखोकीका बिरामीको संख्या गत वर्षभन्दा २५ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ।

मुख्यतया बालबालिकाहरूमा यस महामारीको चाप बढी देखिएको छ। यी रोगहरू प्रायः सिजन परिवर्तनको समयमा देखिने भए पनि यो वर्ष विशेषगरी धेरै बिरामी देखापरेका छन्।

नेपालका सातै प्रदेशहरूमा भाइरल ज्वरो र रुघाखोकीको चाप बढेको छ। बालबालिका, उच्च जोखिममा रहेका बिरामी, गर्भवती, दीर्घरोगीहरूको सुरक्षाका लागि मास्क लगाउने, सरसफाई कायम राख्ने, भीडभाडबाट टाढा रहने, र सफा तथा पक्कापक्का खाना खाने सल्लाह दिइएको छ।

धुलिखेल अस्पतालका बाल रोग विशेषज्ञ डा. नारायण श्रेष्ठले धेरै बालबालिका ज्वरो र रुघाखोकीको समस्या लिएर अस्पताल आउने गरेको जानकारी दिंदै भाइरलको प्रकारबारे हालसम्म कुनै अध्ययन नभएको र सरकारले तत्काल यसको अनुसन्धान गरी उपचार विधि अपनाउनु पर्ने बताउनु भएको छ।

कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. रामहरि चापागाईंका अनुसार बालबालिका विद्यालय जाँदा, समूहमा बस्दा र खेल्दा भाइरल रोगहरू चाँडै फैलिन्छन्। विद्यालयमा धेरै बालबालिका एकैपटक बिरामी भएमा विकल्पको खोजी गर्नुपर्ने हुन्छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका भाइरल रोग विशेषज्ञ डा. मुकेश पौडेलले विद्यालय संचालकहरूलाई बालबालिकाको सरसफाइ र स्वास्थ्य सुरक्षामा ध्यान दिन, मास्क लगाउने, तातोपानी पिउने र समूहमा भेला हुनबाट रोक्न सुझाव दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button