Headlineअपराध घटना

रोजगारीको आश्वासन दिएर ठगी गरेको आरोपमा प्रहरीले दुई व्यक्तिहरू पक्राउ

बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी विदेशमा रोजगारीको आश्वासन दिएर ठगी गरेको आरोपमा प्रहरीले दुई व्यक्तिहरूलाई पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्तिहरूमा डोटीको बडिकेदार गाउँपालिका ३ घर भइ काठमाडौँ महानगरपालिका–१४ बस्ने २९ वर्षीय पूर्णबहादुर जेठारा र नुवाकोट बेलकोटगढी नगरपालिका–१२ घर भइ हाल काठमाडौँ नागार्जुन २ बस्ने वर्ष ३७ काे राजकुमार लामा हुन् ।

१. ठगीको विवरण:

  • पूर्णबहादुर जेठाराले तीन जनालाई पोर्चुगल पठाउने भन्दै ९ लाख रुपैयाँ ठगी गरेका छन्।
  • राजकुमार लामाले एक जनालाई जापान पठाउने भनी ५ लाख ५० हजार रुपैयाँ ठगी गरेका छन्।

२. कारबाही:

  • लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरूले दिएको जाहेरीका आधारमा उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
  • थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button