Headlineबागमती प्रदेश जिल्ला खबर

जिरीकाे जिरेल भाषा अब नगर कार्यपालिकाको बैठककाे निर्णय सार्वजनिक गर्दा प्रयाेग गरिने

जिरी दाेलखा – बागमती प्रदेश अन्तर्गतकाे दोलखा जिल्लास्थित जिरी नगरपालिकाले स्थानीय जिरेल भाषाकाे महत्त्व उजागर गर्दै कार्यपालिकाको बैठकमा भएका निर्णयहरु स्थानीय भाषाबाटै सार्वजनिक गर्न सुरु गरेको छ ।

जिरी नगरपालिकाको ११२ औं कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार २०८१ माघ २० गतेबाट नेपाली र जिरेल भाषागरी दुवै भाषामा निर्णय सार्वजनिक गर्न सुरु गरिएको जानकारी स्थानीय खबरदाताले जनाएका छन् ।

दाेलखा जिल्लाकाे हिमाली उपत्यकाकाे उपमा बाेकेकाे जिरीमा शेर्पा, तामाङ, नेवार, सुनुवार लगायत विभिन्न जातजातिको बसोबास रहेको जिरीले जिरेलको मुख्य थलोको रुपमा पहिचान बाेकेकाे छ । सोही कारण जिरी नगरपालिकाले स्थानीय जिरेल भाषामा समेत कार्यपालिकाको निर्णय सार्वजनिक गर्न सुरु गरिएको नगरप्रमुख मित्र बहादुर जिरेलकाे धारणा रहेकाे छ ।

स्थानीय जिरेल भाषाबाट बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रमकाे जानकारी पत्रकार सम्मेलनमा नेपाली भाषामा नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ६ का अध्यक्ष मरिच बहादुर खड्का र जिरेल भाषामा नगरकार्यपालिका सदस्य विर बहादुर जिरेलले प्रस्तुत गरिएकाे बताइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button