गौरीशंकर गाउँपालिकाको गाउँसभाको १६ औँ अधिवेशन सम्पन्न

१३ माघ दोलखा – दाेलखा जिल्लास्थित गौरीशंकर गाउँपालिकाको गाउँसभाले केही विधेयक परिमार्जन र नयाँ विधेयक पारितसहित १६ औँ अधिवेशन सम्पन्न गरेको छ ।
दाेलखाकाे गौरीशंकर गाउँपालिकाको कार्यालय सुरीमा भएको गाउँसभाको १६ औँ अधिवेशनले अर्धवार्षिक समिक्षा गर्नुका साथै चालु आर्थिक वर्ष सञ्चालन हुने केही कार्यक्रम तथा बजेटको संशोधन गर्दै गाउँसभाले केही विधेयक परिमार्जन र नयाँ विधेयक पारित गर्ने क्रममा आर्थिक विधेयकमा करको दायरामा छुट भएका विषय समावेश गरी परिमार्जन गरिएको जनाएका छन् ।
गाउँपालिकाले बालवालिका विकास ऐन समेत बनाएर साे स्थानमा रहेका घरपरिवार विहीन बालवालिकाको व्यवस्थापन सम्बन्धी बालवालिका विकास ऐन गाउँसभामा पारित भएको हो । ऐनमा घरपरिवार विहीन वालवालिकालाई दिने सुविधा, वैकल्पिक हेरचाहका लागि अध्ययन र सिफारिस लगायतका विषयमा समिति समेत गठन गरिएको छ ।
गाउँसभामा सभाध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्मको प्रगति तथा योजना कार्यान्वयनको अवस्थाबारे जानकारी दिए अनुसार चालु वर्ष ६३ करोड २२ लाख ४४ हजार बराबरको बजेट ल्याएको गौरीशंकर गाउँपालिकाले साउनदेखि पौषसम्म ६ महिनाको अवधिमा कुल २५ दशमलव ७८ प्रतिशत बजेट खर्च गरेको देखिन्छ ।