Uncategorized

खाेखाे विश्वकपमा नेपाली महिला टाेलीले नाम चम्काए तर उपाधि गुमाए

नेपालको महिला टोलीले खाेखाे विश्वकपकाे पहिलो उपाधि जित्ने नसके पनि दाेस्राे हुँदै नेपालकाे प्रतिष्ठा उच्च बनाएका छन् ।

फाइनलमा नेपाल भारतसँग ७८-४० को अन्तरले पराजित पछि परेका हुन् । फाइनल खेलको नेपालले भारतकाे आक्रमण राेकन हरसम्भव प्रयास गरेपनि भारतीय खेलाडी प्रियांका इंगलेले पहिलो टर्नमै आक्रामक प्रदर्शन गर्दै आफ्नो टोलीलाई ३४-० को ठुलो अग्रता दिलाउँदा नेपाली खेलाडीले अंक जाेड्न सकेनन् । 

दोस्रो टर्नमा भारतीय खेलाडी चैत्रा आरले एक ड्रीम रन अंक जोडेर आफ्नो टोलीलाई थप बलियो बनाइन्। यद्यपि, नेपालले बलियो पुनरागमन गर्दै स्कोरलाई ३५-२४ सम्म पुर्‍यायो। तेस्रो टर्नमा भारतले आफ्नो आक्रमणलाई थप तीव्र बनाउँदै नेपाललाई दबाबमा राख्दै ४९ अंकको ठूलो अग्रता दिलाउँदै चौथो टर्नमा पनि भारतीय खेलाडी चैत्रा आरले उत्कृष्ट प्रदर्शन गर्दै पाँच ड्रीम रन अंक जोडिन्।

चौथो टर्नको समाप्तिसँगै खेल भारतको पक्षमा ७८-४० मा टुंगियो। खेलभरि भारतीय टोलीको आक्रमण र रक्षात्मक रणनीति प्रभावकारी देखियो भने नेपाली टोलीको संघर्ष र प्रतिबद्धता प्रशंसनीय रह्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button