नेवाः देय् दबू दोलखा जिल्ला अधिवेशन सम्पन्न

दोलखा – नेवारहरूको राष्ट्रिय संगठन नेवाः देय् दबू दोलखा जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
प्रमुख अतिथि भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धर रहेको सो अधिवेशनको सभापतित्व निवर्तमान अध्यक्ष देवेन्द्र नारायण प्रधान रहेका थिए । साे अवसरमा विभिन्न पालिकाका अध्यक्षहरू र साहित्यकार एवं पत्रकारहरूकाे उपस्थिति रहेकाे थियाे ।
अधिवेशनले दोलखा जिल्लाको जिरी निवासी बाबाराजा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । पदाधिकारी सहित १५ सदस्य चयन भएको जानकारी देबूका नव निर्वाचित अध्यक्ष बाबाराजाले दिएका छन् ।
दाेलखा जिल्लाभरिका नेवार समुदायमा रहेका पालिकाभित्रका सदस्यहरूकाे प्रतिनिधित्वकाे उपस्थितिमा भएकाे साे समाराेहकाे उद्घाटन सत्रमा भिमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वरनारायण मानन्धर लगायत दाेलखाका समाजसेवी, संघसस्थाका पदाधिकारी र प्रतिनिधिले नेवाः देय् दबूकाे बारेमा विश्लेषण सहितकाे चर्चा गरेका थिए ।