Headlineअपराध घटना

टाटासुमोका चालकलाई कुटपिट गरेर गाडी तोडफोड गर्नेहरू प्रहरीकाे फन्दामा

धुलिखेल काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकका एक सहित ९ जनालाइ टाटासुमोका चालकलाई कुटपिट गरेर गाडी तोडफोड गरेकाे दाेषमा पक्राउ परेका छन् ।

बुधबार साँझ नमोबुद्ध नगरपालिका–२ बेलास्थित बीपी राजमार्गमा मंगलटारबाट काठमाडौं तर्फ जाँदै गरेको ना १ ज ६१७२ नम्बरको टाटासुमोका चालकलाई बा ३ च ३४९४ र बा ३ च ५६२१ नम्बरको कारका चालक र ती दुई कारमा सवार व्यक्तिहरुले कुटपिट गरेर गाडी पनि तोडफोड गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मीन बहादुर घलेले दिएकाे जानकारी अनुसार उनीहरुलाई आज अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाईने छ । तर उनीहरूकाे स्थायी वतन र नाम भने गाेप्य राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button