
६ जनवरी नयाँ दिल्ली – चीनमा फैलिएको एचएमपीभी भाइरस भारतको बेंगलुरुमा फेला परेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
भारतीय मिडियाले दिएकाे जानकारी अनुसार पहिलो संक्रमित आठ महिनाकी बालिकामा देखिएको बताएका हुन् । भारतकाे बेंगलुरु स्वास्थ्य विभागले अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एचएमपीभी भाइरस पुष्टि भएको जानकारी दिए अनुसार ती बच्चा भारत भन्दा बाहिर कतै कुनै मुलुकमा नगएकाे बताएका छन् ।
कर्नाटक स्वास्थ्य विभागले केन्द्र सरकारलाई यसबारे जानकारी गराउँदै चीनमा एचपीएमभी भाइरस सुरु भएदेखि नै भारत सरकार अलर्ट मोडमा रहेकाेमा याे राेगकाे संक्रमण थाहा हुने बित्तिकै महाराष्ट्रको स्वास्थ्य विभाग पूर्ण अलर्टमा राखिएकाे जनाएका छन् ।
केरला र तेलंगानाका सरकारले पनि चीनमा भाइरल ज्वरो र श्वासप्रश्वासको संक्रमण ठूलो मात्रामा फैलिएको समाचारलाई नजिकबाट नियालिरहेको र अहिले आत्तिनुपर्ने अवस्था नरहेको बताइरहेको छ । रुघाखोकीका बिरामीको नियमित सर्भे गर्न अधिकारीहरूलाई निर्देशन दिनुका साथै सरसफाइको नियम पालना गर्न निर्देशन जारी गरिएकाे कुरा भारतीय सञ्चारमा छाएकाे छ ।