Headlineअपराध घटना

बालकाेट हत्या प्रकरणः अपराधीकाे खाेजी अभियान जारी

पाैष ९ भक्तपुर – सोमबार बिहान भक्तपुरको सुर्यविनायक नगरपालिका-२ बालकोटमा सोमबार बिहान बाबु छोराको हत्या गरिएको अवस्थामा फेला पारिएकाे घटनाप्रति अनुसन्धान तीव्र गतिमा भइरहेकाे प्रहरी स्राेतले बताइरहेकाे छ ।

खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय हुलाल कार्यालयका निमित्त कार्यालय प्रमुख कूलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित भाडाको घरमा मृत फेला परेका थिए ।

प्रहरी अधिकारीहरुका अनुसार आचार्य बाबु छोराको हत्या शनिबार राती भएको देखिएको घटनाबारे अनुसन्धान गरिरहेका छन् । प्रहरीले शनिबार बिहान ३ बजे आसपासमा उनीहरुके हत्या भएको निष्कर्ष निकालेकाे छ । एउटै काेठामा रहेका तीन जनामा बाबु र कान्छाे छाेरा मारिएकाे र एक छोरा मिलन आचार्यको संलग्नता रहेको आशंकामा उनको खोजीकार्य तिव्र पारिएको प्रहरीकाे भनाइ छ ।

बालकाेट परिसरबाट मिलन शनिबार राति तीन बजेपछि खैरो रङको स्कुटरमा चढेर सो स्थानबाट गएको सीसीटीभी फुटेजबाट खुलेको जानकारी दिंदै आइतबार बिहान उनी सातदोबाटो पुगेको र त्यसपछि अज्ञात रहेकाे प्रहरी स्रोतको भनाइ छ । प्रहरीका अनुसार मृतक दुवै जनालाई घरेलु हतियार प्रयोग गरेर हत्या गरिएको खुलेको छ । मृतकको कान र टाउकोमा चोट देखिएको छ । रगतसमेत जमिसकेको अवस्थामा शव फेला पारेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button