Headlineसमाचारस्वास्थ

दोलखामा मंसिर २९, ३० र पौष १ गते आँखा शिविर सञ्चालन हुँदै

दोलखा – लायन्स क्लव अफ दोलखा, दोलखा लायन्स आँखा केन्द्र दोलखा र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको आयोजनामा यही मंसिर २९, ३० र पौष १ गते तीन दिन आँखा शिविर बस्ने भएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानका अनुभवी चिकित्सकहरूद्वारा मोतीबिन्दुका बिरामीहरूरूो अप्रेसन गरिने भएको छ ।

उक्त शिविरमा हातबाट गरिने अप्रेसन ‘एसआइसीएस’ निःशुल्क गरिनेछ भने फेको ‘पीएचएसीओ’ प्रविधिबाट गरिने खर्च भने ८ हजार २ सय रुपैयाँ लाग्ने बताइएको छ साथै चश्माको लागि न्यूनतम शुल्क लाग्ने भनिएको छ ।

उक्त शिविरबारे विस्तृत जानकारीको लागि निम्न फोन तथा मोबाइल नम्बरमा सम्पर्क राख्न अनुरोध गरिएको छः
सम्पर्क फोन नंः ०४९––४१२०५७, ४२१७८८
मोबाइल नं. ९८६३३१२८१०, ९८५११७६३६७ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button