Headlineसमाचार

बीआरआई सम्झौता प्रधानमन्त्रीले ऋण होइन भन्नुभएको छ प्रवक्ता डा. महत

२४ मंसिर काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले ले चीनसँग बीआरआई अन्तर्गत ऋण नभई अनुदान लिनुपर्ने पार्टीको धारणा अहिले पनि कायमै रहेको बताएका छन् ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा भएको सम्झौताले अनुदान लिने बाटो बन्द नगरेको महतको भनाई थियो ।

उनले भने,“ ‘हिजो हाम्रो पार्टीको निर्णय ऋण होइन, अनुदान मात्रै हो भन्ने थियो, त्यही निर्णयमा आज पनि कायम छौँ,अहिले भएको समझदारीले अनुदान लिने बाटो बन्द गर्दैन, ऋण अपवादमा पर्न पनि सक्छ भन्ने व्याख्या भएको छ। सरकारले त्यही अनुसार परियोजना अगाडि बढाउँछ भन्ने हामीलाई विश्वास छ”

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको सम्झौतामा पनि अनुदानको पहल गर्ने समझदारी अनुसार नै फ्रेमवर्कमा हस्ताक्षर भएको उनले जिकिर गरेका छन् ।

प्रधानमन्त्रीसहित सबै नेताहरूले ऋण लिन सक्दैनौँ भनेर राखिसकेको अवस्थामा दुबिधा लिनुपर्ने अवस्था नरहेको उनले बताए ।
चीन सरकारसँग यसअघि भएका अनुदानको प्रतिबद्धता कार्यान्वयन गरेर अघि बढ्नुपर्ने उनको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button