Headlineअपराध घटना

जनताबाट चुनिएका जनप्रतिनिधि प्रहरीद्वारा समातिन्छन् दोषी को त ?

प्रसङ्ग सप्तरी जिल्लाको हो । सप्तरीको डाक्नेश्वर नगरपालिका–१बाट गत स्थानीय तहको उपनिर्वाचन निर्वाचित वडाअध्यक्षलाई पदभार ग्रहण गर्नै नपाई सप्तरीको ईलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरेर लगेका छन् ।

सप्तरी जिल्लाको डाक्नेश्वर नगरपालिका–१ मा उपनिर्वाचनबाट निर्वाचित वडाअध्यक्ष धिरेन्द्र कुमार शाह पदभार ग्रहण समारोहस्थलबाटै पक्राउ पर्नुको कारण एक युवतीको हत्या र उनको भाईलाई अपहरण गरेको आरोप लाग्नु हो भनिएको छ ।

आरोपित साहलाई वडा कार्यालयमा राखिएको पदभार ग्रहण कार्यक्रमको मञ्चबाटै पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ । साह मंसिर १६ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट ६५२ मत प्राप्त गरि वडाअध्यक्ष विजयी भएका थिए ।

धिरेन्द्र साहलाई अपराधजन्य कार्यमा आरोप लागेको भन्ने जानकारी स्थानीय मतदाता कसैलाई पनि नभएको होला र ? यो प्रश्न ताजा छ । विशाल शहरमा त्यस्ता खालका गतिवधि हम्मेसी थाहा पाउन नसकिए पनि ग्रामीण भेक होस् या तराईमा गाईँगुईँ हल्ला त सुनिनु पर्ने हो तर कसरी यस्तो भयो ? भन्ने खासखुस स्थानीयमा चलेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button