
मंसिर ११ काठमाडौं । बजारमा हिजोआज सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको संख्या तीव्र रूपमा बढेको जानकारी सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष मणिरत्न शाक्यले दिएका छन् ।

सरकारले सुन आयातमा लाग्ने भन्सार दर आधा घटाएपछि त्यसको प्रभाव उपभोक्ता बजारमा देखिएको जनाउँदै महासङ्घका पूर्व अध्यक्ष शाक्यले मूल्य घटेपछि माग बढ्नु स्वाभाविक रहेको बताउँछन् । केही दिन यताको तुलनामा बजारमा सुनचाँदीको राम्रो कारोबार भएको उनको भनाइ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?