
२५ कार्तिक काठमाडौ–ं समाज उत्थान महिला मञ्चको आयोजना तथा जीवन विज्ञान प्रतिष्ठानको सहकार्यमा नयाँ बसपार्क काठमाडौंमा निःशुल्क ऊर्जा ध्यान शिविर सञ्चालन गरेका छन् ।
कार्तिक २५ देखि आगामी मङ्सिर १ गतेसम्म सञ्चालन हुने उक्त शिविर बिहान ५ बजेदेखि ६ः३० बजेसम्म रहने आयोजकले बताएका छन् । ध्यान शिविरमा नयाँबसपार्क र त्यस आसपासमा रहेर व्यापार व्यवसाय गरेर बसेका व्यक्ति लाभान्वित हुने जनाएका छन् ।
समाज उत्थान महिला मञ्चका अध्यक्ष जानुका नेपालले जानकारी दिए अनुसार सातदिने शिविरमा जीवन विज्ञान प्रशिक्षक नरेश गौतम र अनिता गौतमले प्रशिक्षण दिइरहेका छन् ।
व्यक्ति स्वयम् स्वस्थ्य रहेमात्र देश स्वस्थ्य रहने भएकाले नयाँबसपार्क क्षेत्र र यस आसपासमा बसोबास गर्नेलाई लक्षित गरी उक्त ध्यानशिविर सञ्चालन गरिएको अध्यक्ष नेपालले जानकारी दिएकी छन् । आजै शुरुवात भएको उक्त ध्यान शिविरमा एक सयभन्दा बढीको सहभागिता रहेको बताएकी छन् ।