Headlineसमाचार

बक्यौता रकम चुक्ता नभएसम्म काटिएको विद्युत् लाइन नजोेड्ने कार्यकारी निर्देशक कुलमानको अडान

काठमाडौं । निकै लामो समयसम्म लोडसेडिङको मारमा रहेका जनतालाई स्पष्ट जानकारी छ । कुलमान आएपछि देश र जनताले विद्युतीय सुविधा पाएको कुरालाई नकार्न सकिन्न ।

उद्यमीहरूले राज्यको सम्पत्ति उपभोग गरेपछिआफ्नो दायित्व निभाउन जान्नुपर्ने हो । उद्योग र कम्पनी घाटा भयो भन्दैमा राज्यभित्र रहेका प्राधिकरणलाई नै धराशायी हुने गरी तिर्नुपर्ने रकम नतिरेर बस्नु, अटेर गर्नु न्यायोचित तरिका होइन भन्ने तथ्य सर्वसाधारण जनताले बुझ्दै अाएका छन् ।
बक्यौता रकम नतिर्ने उद्योगीहरूको लाइन काटेर प्राधिकरणले गलत कार्य गरेको त छैन, फेरि यसमा सरकारी हस्तक्षेप किन ?

जानाजान सरकारी पक्षले लाइन नकाट्न ठाडो निर्देशन दिनुको तात्पर्य के हो ? यक्ष प्रश्न अाम उपभाोक्तासँग छ ।बारम्बार ताकेता गर्दा पनि बेवास्ता गर्ने उद्योगीहरूलाई अनुनय विनय गर्दा पनि बक्यौता तिर्न अटेर गरेपछि प्राधिकरणले स्वअधिकार प्रयोग गरे । यसलाई गलत नजरले हेर्नु वर्तमान सत्ताधारी सरकारको कमलाई कसैले पनि सही रूपमा मूल्याङ्कन गर्ने छैनन् ।

अहिले अाएर करिब ९ वर्षदेखिको समाधान हुन नसकेको डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतामा सरकार र नेपाल विद्युत् प्राधिकरण आमने–सामने भएका छन् । 

यसअघि गत साउनमा तीन महिने भाकामा काटिएका लाइन जोडेको प्राधिकरण अब बक्यौता नतिरेसम्म जोड्न नसक्ने अडानमा छ । यता सरकार भने लाइन काट्नुभन्दा अन्य समाधान निकाल्नुपर्ने पक्षमा रहेको बताउँछ । गत साउनमा प्रधानमन्त्री केपी ओलीले सरकार सम्हाल्ने बित्तिकै लाइन जोड्न ठाडो आदेश दिएका थिए । 

तर, प्राधिकरणले बक्यौता उठाउन लाइन काटेपछि किस्ता तिर्नुपर्ने वा माथिल्लो निकायले लिखित निर्देशन दिनुपर्ने व्यवस्था अडानसहित लाइन जोड्न मानेको थिएन र छैनन् पनि। 

विद्युत् नियमन आयोगले प्राधिकरणलाई लिखित निर्देशन दिएपछि तीन महिनामा बक्यौता उठाउने सर्तमा लाइन जोडिएको थियो । तीन महिनासम्म पनि बक्यौता तिर्न उद्योगीहरू तयार नभएपछि बिहीबार राति प्राधिकरणले बक्यौता बाँकी रहेका उद्योगको लाइन काटेर अाफ्नो दायित्व पूरा गरेका छन् ।यसै बिचमा प्राधिकरणको बोर्ड बैठकमा लाइन काट्ने विषयमा प्राधिकरण सञ्चालक समितिमा छलफल हुँदा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले लाइन काट्न नहुने अडान राख्नु तर्कसंगत देखिंदैन।

यिनै विविध कारणले प्राधिकरणमा समस्या देखिए पछि प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता रकम छिनाफाना नभएसम्म काटिएको लाइन नजाेड्ने अडानमा रहेको विशेष स्रोतले बताएको जानकारी प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button