Highlightsविचारसमाचार

‘रवि लामिछानेको पक्राउ लोकतन्त्र विपरीतको प्रतिशोध र निषेधको राजनीति हो’– सिके राउत, अध्यक्ष जनमत पार्टी

३ कार्तिक काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पक्राउ गर्नुमा सत्तामा रहेका राजनीतिक दलीय स्वार्थ र पदीय लोलुप्त भएकाहरूले प्रतिशोधको भाव निकाल्दै सत्यतालाई निषेध गर्न खोजेका हुन् भन्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो सामाजिक सञ्जालमा व्यक्त गरेका छन् ।
अध्यक्ष सिके राउतको धारणामा राज्यले गरेको ‘फ्रेमिङ’का आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरिएको दाबी गर्दै उनले आफ्नो फेसबुकमा लेख्छन्,– ‘२१ सिट भएको नयाँ राष्ट्रिय पार्टीका सभापति रविजीको अहिलेको पक्राउलाई म प्रतिशोध र निषेधको राजनीतिको अलावा केही भन्न सक्दिन ।’

जनमत पार्टीका अध्यक्ष राउतले आफूहरूको बिचमा धरातल र कैयन एजेन्डा फरक होला, कतिपय ठाउँमा विपरीत धारमा पनि उभिएको उल्लेख गर्दै लोकतन्त्रमा प्रतिशोध र निषेधको राजनीति हुनु भनेको गैर जिम्मेवारीपन हो भन्ने विचारमा एकमत रहेको उल्लेख गरेका छन् ।

राज्य सञ्चालनमा रहेका ठूला पार्टीहरूले साना पार्टीको लोकप्रियतालाई अपदस्थ गर्न र सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठ्दै भावी पुस्ताको स्वर्णिम भविष्यलाई भ्रूणमैै हत्या गर्न खोजिएको आरोप लगाउँदै उनले यो पक्राउ राज्यद्वारा गरिएको षडयन्त्रको संकेत जनाएका छन् ।

अध्यक्ष राउतले आफू दुई दर्जनभन्दा बढी पटक हिरासत र जेल जानु परेको तीक्तता व्यक्त गर्दै पछिल्लो दशकमा सरकारद्वारा ऐन कानुनको दुरुपयोगबाट सर्वाधिक दमनको सिकारमा परिएको मनशाय व्यक्त गरेका छन् ।

उनी आफ्नो फेसबुक वालमा लेख्छन् ‘यहाँको ऐन कानुन नै त्यस्तै छ कि राज्यले चाहेमा सडकमा हिँडिरहेको होस् या घरमै सुतिरहेको होस् जोसुकै, जस्तो सुकै निर्दोषलाई समातेर २५–५० दिन त अनुसन्धानको नाममा त्यस्तै हिरासतमा राखिदिन सक्छ, र अदालतले पछि उनलाई जतिसुकै निर्दोष साबित गरे तापनि राज्यले कुनै माफी समेत माग्नु पर्दैन ।’

अध्यक्ष राउतले सरकारमा बस्ने पार्टी भनाउँदा र शीर्षनेता तथा राज्य चलाउनेहरू कहलाउँदाहरूले नै कानुनको दुरुपयोग गरेको आरोप लगाउँदै आफ्नो वा आफ्नो पार्टीको विरोध गर्नेहरूलाई तह लगाउन, सिधा सादा युवा तथा अन्यलाई विभिन्न प्रलोभन देखाएर आफ्नो पार्टीमा प्रवेश गराउन र अनुचित आर्थिक असूली गर्न हतियारको रूपमा कूटनीतिक चाल चल्दैै आएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button