Highlightsखेलकुदसमाचार

काभा यू–२० च्याम्पियनसिपमा नेपाली भलिबल टीम उपविजेता बन्न सफल

२७ असोज श्रीलंका संवाददाता । नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० च्याम्पियनसिपमा नेपाल उपविजेता बन्न सफल भएको छ ।

फाइनल खेल शनिबार श्रीलङ्ककाको कोलम्बोमा भएको हो । उक्त खेलमा नेपाल कडा मेहनतका बाबजूद उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित भएको छ । नेपालले पहिलो सेट २७–२५ ले आफ्नो पक्षमा पारेको थियो । तर खेलको तालमेलमा केही असहज भएपछि उज्वेकिस्तानले तीनै सेट जित्यो ।

उज्वेकिस्तानले २५–१०, २५–१६ र २५–२० ले खेल आफ्नो पक्षमा पारेपछि नेपाल विजेता बन्न असफल भएको हो । यसभन्दा पहिले भएको लिग चरणमा पनि नेपाल उज्वेकिस्तानसँग ३–१ ले पराजित भएको थियो ।

नेपालको यू–२० समूह चरण पार गरेर सेमिफाइनलसम्म प्रतिस्पर्धात्मक ढंगले पार गरेर फाइनल चरणमा पुग्न सफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button