Headlineसमाचारस्वास्थ

पोखरामा डेंगुको सक्रमण वृद्धिमा तीव्रता, भदौको अन्तिमसम्म ४ हजार ४ सय ३३ जना संक्रमित ।

५ असोज कास्की पोखरा । गण्डकी प्रदेशको कास्की जिल्ला अन्तर्गतको मुख्य पर्यटकीय स्थल कास्कीको पोखरामा डेंगु संक्रमणको संख्या ह्वात्तै बदेको जानकारी प्राप्त भएको छ ।

पोखरा महानगरपालिकामा गत भदौ पहिलो साताको तुलनामा डेंगु सङ्क्रमण ६ गुणाले बढेको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । भदौको पहिलो साता डेंगु सङ्क्रमितको सङ्ख्या सात सयको आसपास रहेकोमा महिनादिनमा बढेर ४ हजार चार सय ३३ पुगेको बताइएको छ ।

पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीको भनाइ राख्दै ढेंगु सङ्क्रमितको सङ्ख्या ३१ सयबढी पुग्न नदिई रोकथाम गर्ने लक्ष्य लिइएको भएपनि उक्त लक्ष्य पूरा गर्न असमर्थ भएको बताउँदै पछिल्लो एक महिनामा डेंगु सङ्क्रमण ह्वात्तै वृद्धि भएकोले व्यक्ति विशेषले स्वयम् आफैलाई ध्यान नदिएमा खतरा बढ्न सक्ने बताएका छन् ।

जनस्वास्थ्य निरीक्षक रेग्मीको भनाइ अनुसार गतवर्ष पोखरा महानगरपालिकाका तीन हजार तीन सय ७० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको जानकारी दिंदै कार्तिक महिनासम्म सङ्क्रमणको संख्या वृद्धि मायम नै रहने भएकोले यो वर्ष सङ्क्रमितको सङ्ख्या अझै बढ्नसक्ने बताएका छन् । उनका अनुसार डेंगु सङ्क्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिकाको वडा नं.५ का ५२ वर्षीया महिला, वडा १२ का ४० वर्षीय र वडा १० का ८० वर्षीय पुरुषको डेंगुका कारण मृत्यु भएको बताउँदै पोखरा महानगरपालिका– ५, ८ लगायतका वडा डेंगुबाट सबैभन्दा बढी प्रभावित भएको स्वास्थ्य महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button