Highlightsबिशेषसमाचार

नवौं संविधान दिवसको उपहारस्वरूप धरहराको बार्दलीबाट विकसित उपत्यकामा नियाल्न पाइने, त्यो पनि निःशुल्क….

३ असोज काठमाडौँ । संविधान दिवसको अवसर पारेर सर्वसाधारणलाई उपहारस्वरूप नवनिर्मित धरहरा चढेर उपत्यका नियाल्न दिने कार्यको शुभारम्भ भएको छ ।

झण्डै ६ वर्षसम्मको कठोर मेहनतपछि नयाँ इतिहाससँगै परिमार्जित गरी निर्माण गरिएको आधुनिक धरहरा सर्वसाधारणले निःशुल्क चढ्न पाउने भएको छ । एकदिनमा करिब ५०० जनासम्मलाई चढ्न अनुमति दिने कुरा सहरी विकास तथा भवन विभाग अन्तर्गतको केन्द्रीय इकाइले जानकारी दिएका छन् ।

वि.सं. २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भीमसेन स्तम्भ पुनःनिर्माण गरेर नौ वर्षपछि सर्वसाधारणका लागि खुला गरिएको हो । संविधान दिवसको अवसरमा खुला गरिने धरहरा निर्माण पूर्णरूपमा भने सकिएको छैन । धरहराको ९८ प्रतिशत संरचना निर्माण मात्रै अहिलेसम्म पूरा भएको सहरी विकास मन्त्रालयले जनाएको छ ।

धरहरा बन्दाबन्देको अवस्थामा पूर्ण निर्माण सम्पन्न नहुँदै दोस्रोपटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले हतारमै सिंगारपटार गर्न लगाएर बैशाख ११ गते शनिबार बिहान ११ बजेर ११ मिनेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र दिवसको शुभमुहूर्तमा नयाँ धरहरा उद्घाटन गरेका थिए ।

पुराना ऐतिहासिक धरहरालाई जिवन्त इतिहास दर्शाउन सिसा र जालीले छोपेर नयाँ धरहराको निर्माण कार्य २०७५ असोज १४ गतेदेखि राष्ट्रिय पुर्निनर्माण प्राधिकरणबाट काम सुरु भएको थियो ।

अहिले बनेको धरहरा क्षेत्र करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको छ । सो क्षेत्रमा एउटा अर्ध–भूमिगतसहित चारतल्ले भूकम्पको प्रतिबिम्ब झल्काउने दृश्याङ्कित चित्र देखाउन र टक्सारसम्बन्धी गतिविभि दर्शाउन संग्रहालय निर्माण भइरहेको निर्माणमा खटिएका कर्मचारीले बताएका थिए । त्यस्तै, ‘फुड कोर्ट’सहितको ‘युटिलिटी ब्लक’ पनि निर्माणकै क्रममा रहेको थियो जतिबेला प्रधानमन्त्री ओलीले उद्घाटन गरेका थिए ।

नयाँ निर्भित धरहरा परिसरमा तीनतले भूमिगत र्पािकङको पनि व्यवस्था गरिने छ, जहाँ ४ सय गाडी र ७ सय मोटरसाइकल र्पािकङ गर्ने व्यवस्था मिलाएका छन् भने २०७२ सालको भूकम्पले भत्काएको भीमसेन स्तम्भलाई चाहिँ सिसाले छोपेर संरक्षण गरिउको छ । त्यससँगै रहेको ऐतिहासिक सुन्धाराको पनि संरक्षण गरिने र जसमा २४ सै घण्टा मेलम्चीबाट ल्याइएको पानी बगाउने योजना रहेको प्राधीकरणका अधिकारीहरुले जानकारी दिएका छन् ।

धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्र जमिन मुनि दुई तल्लाको भूमिगत संरचना रहेको छ । जमिनमाथि भुईंतलासहित २३ तला गरी समग्रमा धरहरा २५ तल्लाको रहनेछ भनिएको छ । जमिन माथिबाट गजुरसहित धरहराको उचाई ८३.८५ मिटर छ, जुन भूमिगत तल्लासहित जोड्दा ९२.२५ मिटरको रहेको छ ।

आधुनिक निर्माण सामग्री र प्रविधि प्रयोग भएको धरहराभित्र २ वटा लिफ्ट राखिएको छ, जसमा एकपटकमा १० जनाले यात्रा गर्न सक्ने जनाइएको छ । धरहरा चढ्न फलामको भ¥याङ पनि राखिएको छ भन्दै इन्जिनियर श्यामचन्द्र श्रेष्ठले जानकारी गराउँदै धहराबाट वरिपरिको दृश्यावलोकनका लागि २० औं तल्लाबाहिर २.५ मिटर चौडाइको बार्दली राखिएको बताएका छन् ।

इतिहासमा अविस्मरणीय धरहरा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button