Headlineस्वास्थ

क्यान्सर बारे केही जानकारी लिइ राखौँ ।

–प्रशन्नमान नेपाल


हाम्रो शरीरमा दिनहुँ कैयौं कोशिका जन्मने र मर्ने क्रम चलिरहेको हुन्छ । जब प्रदूषण, खराब खानपान, जीवनशैलीका कारण उक्त कोशिका पैदा गर्ने डिएनएमा असर पुग्छ, कोशिका जन्मने र मर्ने स्वभाविक प्रक्रियामा बाधा पुग्छ । त्यसले शरीरमा खराब कोशिकाको बृद्धि गर्छ । यहि नै क्यान्सरको कारण बन्छ ।

क्यान्सर (चिकित्सकीय पद्धतिमा घातक नियोप्लास्म) रोगहरूको एक वर्ग हो जसमा कोशिकाहरूको एक समूहको अनियन्त्रित वृद्धि (सामान्य सीमा भन्दा अधिक विभाजन), रोग आक्रमण (आसपासको कणहरूको विनाश आक्रमण) र कहिलेकाँही मेटास्टेसिस (लसिका या रक्तको माध्यमले शरीरको अन्य भागहरूमा फैलन्छ)को रूपमा देखिन्छ । क्यान्सर गम्भिर प्रकारको रोग हो । जुनसुकै क्यान्सर लागेपनि पैसा र शरीर दुवैको क्षति हुन्छ । तर क्यान्सरलाई बेलैमा पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ । क्यान्सरका लक्षण देखिए भने पनि आत्तिइ हाल्नु हुँदैन तर नियमितरूपमा जाँच र चिकित्सकको परामर्श भने लिनु पर्छ ।

किन लाग्छ क्यान्सर ?
क्यान्सरको खास कारण भनेको हाम्रो खराब आनीबानी हो । यसमा खानपान, दिनचर्या, रहनसहन समेटिन्छन् । साथै वाह्य कुरा पनि क्यान्सरको कारण बन्न सक्छ । जस्तो कि, वातावरणिय प्रदुषण । धुलो–ध्रूँवा, रसायन, विकिरिण आदि क्यान्सरको कारण बन्छ । अर्कोचाहि, वंशानुगत । तर, यस्तो जोखिम १० प्रतिशतमा मात्र हुने बताइन्छ ।

कसरी थाहा पाउने ?
क्यान्सरको लक्षणलाई हामी सामान्य ठान्छौं, जतिबेलासम्म यसले जटिल रुप लिँदैन । जतिबेला जटिल रुप लिन्छ, त्यसबेला उपचार असंभव भइसकेको हुन्छ । त्यसैले क्यान्सरको लक्षण थाहा पाउनसाथ त्यसको निदान खोज्नुपर्छ । सामान्यत क्यान्सरको सुरुवाती लक्षण देखिने गर्छ ।

दिसा पिसाबमा रगतः
यदि पिसाब वा दिसामा रगत देखियो भने त्यसले मृगौला, पिसाब थैलीमा क्यान्सर हुने लक्षण यसले देखाउँछ । यदि दिसा गर्ने बानीमा परिवर्तन भयो, कठिन भयो, पखला निरन्तर लागिरह्यो भने कोलोन क्यान्सरको लक्षण हुनसक्छ ।
अचानक तौल घट्नु । निरन्तर तौल घट्यो, त्यो पनि बिना कारण । यो राम्रो संकेत होइन । यसले संकेत गर्छ कि, क्यान्सरको लक्षण हुनसक्छ । खासगरी पेटको क्यान्सर हुनुमा बढी सम्भावना देखिन्छ ।
दुखाइः
शरीरको कुनै पनि अङ्ग वा भागमा निरन्तर दुखाइ महसुस भयो भने यसलाई वेवास्ता नगर्नुस् । पेन किलर खाएर दुखाइ कम गर्ने मुर्खता पनि नगर्नुस् । महिलामा हुने स्तन क्यान्सर शुरुमा पत्ता लगाउन निक्कै गाह्रो हुन्छ ।

ज्वरोः
ज्वरो आउनु पनि शरीरमा सञ्चो नभएको सङ्केत हो । नियमितरूपमा ज्वरो आउनु पनि क्यान्सरको लक्षण हुन सक्छ । क्यान्सर रोग लाग्ने समयमा विभिन्न प्रकारले लामो समय सम्म ज्वरो आउने समस्या हुन सक्छ । कहिले काँहि सिजलन ज्वरो आएको भनेर लापर्वाही गर्दा गम्भिर समस्या पनि हुन सक्छ ।

दुब्लाउँदै जानु वा वजन कम हुनुः
यदि तपाइँ एकाएक दुब्लाउन थाल्नु भो वा शरीरको बजन १ वा डेढ सातामै १० प्रतिशत सम्म कम भएमा तत्काल जाँच गराउनुस्। कुनै शारीरक अभ्यास नै नगरीकन तौल घट्नु वा दुब्लाउनु राम्रो सङ्केत होइन। डाइटिङ नै गर्दा पनि एकाएक तौल घट्नु राम्रो सङ्केत होइन।

थकान
जतिबेला पनि थकान र कमजोर अनुभव गर्न थाल्नु भो भने बुझ्नुस् शरीर अस्वस्थ छ । क्यान्सरका शुरुवाती लक्षणमा थकान र कमजोर हुनु पनि पर्छन् । खासगरी चुरोट वा खैनी सेवन गर्नेहरूलाई यसमा विशेष ध्यान दिनु पर्छ । कतिपय अवस्थामा रक्तचाप कम हुँदा पनि थकाइ लाग्ने र कमजोर महसुस हुने हुन्छ ।

तनाव
जतिबेला पनि तनाव हुन्छ । दिशा र पिसावको रंग बदलिएको छ भने सतर्क बन्नुस् । यस्तो अवस्थामा सके सम्म छिटो डाक्टरकोमा जानु राम्रो हुन्छ । अधिकाँश मानिस ब्यस्त जीवन नै तनावको कारण भन्ने ठान्छन् तर कहिले काँही यस्तो हुनु गम्भिर समस्याको सङ्केत हुन सक्छ । क्यान्सका लक्षण मध्ये अत्याधिक तनाव र शरीर चिलाइरहने समेत पर्छन् ।

यी हुन् क्यान्सरका खास कारणः
१– चुरोट, खैनी, सूर्ति आदिको सेवनले क्यान्सर निम्त्याउँछ । यस्ता पदार्थमा चार हजारभन्दा बढी प्रकारका रासायनिक तत्वहरुमध्ये करिब ४० प्रकारका हानिकारक रासायनिक तत्व हुन्छ, जसले क्यान्सर गराउँछ ।
२– जाँडरक्सीको सेवनले क्यान्सर गराउँछ । खासगरी मुख, अन्ननली, पेट आदिको क्यान्सरमा मद्यपान नै जिम्मेवार रहेको पाइन्छ ।
३– हामीले खानेकुरा सवै स्वस्थ्यकर हुँदैनन् । ति अस्वस्थ्यकर खानेकुरा क्यान्सरको कारण हुन् । बासी, सडेगलेको, ढुसी परेका, तारेको, डढेको आदि खानेकुराले क्यान्सर निम्त्याउँछ । यसले कलेजो, आन्द्रा, आमाशय आदिलाई नष्ट गर्छ ।
४– वातावरणिय प्रदूषण पनि क्यान्सरको कारण बन्छ । जस्तो कि, काठमाडौंको धुलो–धू्रँवाले फोक्सो साथै नाक, कान, घाँटीको क्यान्सर बढाइरहेको छ ।
५– घामको किरण पनि कतिपय अवस्थामा क्यान्सरको कारण बनेको छ । त्यस्तै उपकरणिय विकिरणले क्यान्सरको जोखिमलाई बढाउँछ ।

कसरी बच्ने त ?
क्यान्सरबाट बच्ने एउटै उपाय हो, स्वस्थ्य जीवनशैली । नियमित दिनचर्यामा आफुलाई अभ्यस्त गराउने । स्वस्थ्य र खुसी जीवन बाँच्ने । ताजा र सन्तुलित खानेकुरा सेवन गर्ने । योग, व्यायाम, प्राणायामलाई जीवनशैलीको हिस्सा बनाउने ।

शारीरिक रुपमा सक्रिय रहने । दिनहुँ पसिना बगाउने । युनिभर्सिटी अफ वरमान्टमा भएको अध्ययन अनुसार फिटनेसप्रति सचेत व्यक्तिको तुलनामा अल्छी व्यक्तिमा फोक्सोको क्यान्सर हुने आशंका ६८ प्रतिशत बढी हुन्छ । साथै कोलेरेक्टर क्यान्सर (आन्द्राको क्यान्सर) हुने खतरा ३८ प्रतिशत बढी हुन्छ ।

कार्डियो र रेजिस्टेन्स ट्रेनिङले हर्मोनल लेभल एवं प्रतिरक्षा क्षमता सही राख्छ । यसले गर्दा क्यान्सरको सेल्स विकास हुन पाउँदैन । तेललाई उच्च तापमानमा तताएपछि कार्सिनोजेनिक कम्पाउन्ड नामक हानिकारक केमिकल विकास हुन्छ, जो क्यान्सरको कारण बन्छ । त्यसैले तारेको, भुटेको खानेकुरा नखाने ।

एन्टिअक्सिीडेन्ट गुणहरुबाट भरिपूर्ण खानेकुरा सेवन गर्ने । जस्तो कि, ग्रीन टी । यसले शरीरलाई रोग प्रतिरोधी बनाउन सहयोग गर्छ । यसमा एक किसिमको पोषण तत्व  हुन्छ, जसले क्यान्सरको कोशिकालाई बढ्न दिदैन । त्यसैले क्यान्सर प्रतिरोधी खानेकुरामा ग्रीन टी मूख्य मानिन्छ ।

सुर्यको किरण शरीरका लागि फाइदाजनक हुन्छ, तर, एउटा सिमासम्म मात्र । ओजन तहमा प्वाल हुनाले घामको साथमा हानिकारक अल्ट्राभ्वाइलेट किरणहरु पनि आउँछन् जो शरीरका लागि हानिकारक हुन्छन् । यी किरणहरुको सम्पर्कमा लामो समय रहँदा स्किन क्यान्सरको खतरा पैदा हुन्छ ।

(प्रस्तुत जानकारीको स्रोतः स्वास्थ्य सेवा अर्वूद रोग निवारण समूह)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button