Headlineअर्थसमाचार

सुनको मूल्य आकासिंदै ग्राहकको मन बतासिंदै

३० भाद्र काठमाडौं । राजधानीको स्थानीय बजारमा सुनको मूल्यले आफ्नो गतिलाई कायम राख्दै नयाँ कीर्तिमान हासिल गरेको छ ।

आज प्रतितोला रु पाँच सयले वृद्धि भएसँगै रु. एक लाख ५६ हजार आठ सय निर्धारण भएर लगातार उकालो लागिरहेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला रु एक लाख ५६ हजार तीन सयमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा रु ४० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय ६० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार नौ सय निर्धारण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button