Uncategorized

नेपाली काँग्रेसले उपसभामुखको राजीनामा माग्नुको तात्पर्य के हो ? सबैको चासो

२६ भदौ काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको बारेमा सबैमा चासो बढेको समाचार छ ।

बुधबार बिहान बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले उपसभामुख रानामगरले मुलुकको शीर झुकाउने काम गरेको भन्दै राजीनामा माग गरेको बुझिन आएको छ ।

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले उपसभामुख रानामगरलाई अन्य कार्वाहीको प्रक्रियामा जानुभन्दा स्वयंले बहिर्गमनको बाटो रोज्नु राम्रो हुने बताएका छन् । उपसभामुख रानामगरले नेपालस्थित अमेरिकी दूतावासलाई राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा सहभागी हुनका लागि पाँच जनाको अन्तर्वार्ता अगाडि सारिदिन पत्र लेखेको खुलासा गरेका छन् ।

उपसभामुखले चार पुरुष र एक महिलाका लागि अन्तर्वार्ता दिन लगाई अमेरिका जाने र लाने मनशायले पत्र लेखे पनि अमेरिका जान भने पाएका थिएनन् भन्ने कुरा पनि खुलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button