Headlineखेलकुद

नेपाल प्रिमियर लिग मङ्सिर १५ गतेबाट हुँदै, आठ वटै फ्रेन्चाइज टोली मालिकको नाम सार्वजनिक

भदौ २० काठमाडौँ । यही मंसिर १५गतेबाट हुने  नेपाल प्रिमियर लिग (एनपिएल) सहभागी हुने आठ वटै फ्रेन्चाइज टोली मालिकको नाम नेपाल क्रिकेट सङ्घ (क्यान)ले सार्वजनिक गरेको छ ।

क्यानले सार्वजनिक गरेको टोली मालिकसहित लिगका लागि पोखराले सर्वाधिक तीन करोड ५७ लाख रुपियाँमा फ्रेन्चाइज लिएको छ । कान्तिपुरले फ्रेन्चाइजका लागि तीन करोड ३३ लाख ३३ हजार ३३९ रुपियाँ खर्च गरेको छ ।

सार्वजनिक गरिएका हरेक टोलीले बोल कबोलमार्फत फ्रेन्चाइज लिने क्रममा रहेका टाेलीहरू यस प्रकारका रहेका छन्, जसमा क्रमशः चितवनको चितवन मेडिकल कलेज, विराटनगरको एमएडी ड्रिम्स स्पोर्ट्स, लुम्बिनीको फर्टुना हेल्थ केयर, जनकपुरको ड्रिम्स स्पोर्ट्स, कर्णालीको हिमालय बिल्डर्स र सुदूरपश्चिमको इम्पायर स्पोर्ट्स रहेको छ ।

नेपालमा क्रिकेट खेलकाे लाेकप्रियता बढेसँगै विश्व जगतमा पनि नेपाली क्रिकेटकाे चर्चाले राम्रै स्थान पाएकाे छ । यसै सन्दर्भमा क्रिकेट प्रति लगानी गर्नेहरूकाे माेह पनि त्यत्ति नै वृद्धि हुँदै गएकाे छ । मंसिरमा हुन गइरहेकाे एन.पी.एल. लिग १५ गतेबाट पाैष ६ गतेसम्म हुने क्यानले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
4
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button