Headlineअन्तराष्ट्रियखेलकुदसमाचार

फिफा विश्वकप २०२६ : अष्ट्रेलियाको विजयी सुरुआत, टर्कीको दबाब निष्फल

काठमाडाैँ ३१ जेठ २०८३ – फिफा विश्वकप २०२६ अन्तर्गत आज बिहान ९ः४५ बजे सुरु भएकाे खेलमा अष्ट्रेलियाले टर्कीलाई २–० ले पराजित गर्दै प्रतियोगितामा आत्मविश्वासपूर्ण सुरुआत गरेको छ।

खेलको २७ औं मिनेटमा कोनर मेटकाल्फेले पहिलो गोल गरे भने ७५ औं मिनेटमा नेस्टोरी इरानकुन्डाले दोस्रो गोल गर्दै अष्ट्रेलियाको जित सुनिश्चित गरेका हुन्।

खेलको सुरुदेखि नै टर्कीले अष्ट्रेलियामाथि आक्रमणात्मक दबाब कायम राखे पनि गोल गर्न असफल रह्यो। अष्ट्रेलियाका गोलरक्षकको उत्कृष्ट बचाउले टर्कीका प्रयासलाई विफल पारिदियो भने गोलपोष्टको खम्बाले पनि टर्कीलाई निराश बनायो। तथ्याङ्कअनुसार अष्ट्रेलियन खेलाडीहरूले करिब ६५ प्रतिशत समय रक्षा गर्नमै खर्च गरे।

दुबै टाेलीका समर्थकहरूको प्रतिक्रिया पनि खेलको वातावरणमा स्पष्ट देखियो। टर्की समर्थकहरू निराश र उदास देखिए भने अष्ट्रेलियन समर्थकहरूको उत्साहले खेलाडीहरूमा ऊर्जा थपियो। टर्की खेलाडीहरूले असफलतालाई भाग्य र अवसरसँग जोडे भने अष्ट्रेलियन टोलीले समर्थकहरूको खुशीलाई प्रेरणाको स्रोत बनायो।

यो खेलले स्पष्ट देखायो कि फुटबलमा आक्रमण मात्र निर्णायक हुँदैन; बचाउ, मानसिक सन्तुलन र समर्थकहरूको मनोबल पनि बराबर महत्त्वपूर्ण हुन्छ। टर्कीले दबाब कायम राख्दा पनि गोल गर्न नसक्नु, अष्ट्रेलियाको गोलरक्षकको दक्षता र समर्थकहरूको उत्साहले खेलको परिणामलाई निर्णायक बनायो। यसले विश्वकपमा अष्ट्रेलियाको आत्मविश्वासपूर्ण सुरुआतलाई मजबुत बनाएको छ भने टर्कीका लागि अवसर गुमाएको पीडा अझै गहिरो भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button