Headlineअन्तराष्ट्रियखेलकुदसमाचार

अफ्रिकी राष्ट्र माेराेक्काेले ब्राजिललाई राेक्याे १-१ गाेलकाे बराबरीमै

७ पटक सहभागिता भएकाे मोरक्कोले बलियो प्रतिद्वन्द्वी ५ पटककाे विश्वकप विजेता ब्राजिलविरुद्ध अंक खोस्दै आफ्नो विश्वकप यात्रा आत्मविश्वासपूर्ण बनाएको छ।

अहिले स्कटल्याण्ड र हाइटी भिड्दै

न्यू जर्सी अमेरिका १४ जुन २०२६ (३१ जेठ २०८३)- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा ब्राजिल र मोरक्कोबीचको खेल १–१ गोलको बराबरीमा सकियो ।

खेलको सुरुआतदेखि नै दुवै टोली आक्रामक देखिएकाेमा ब्राजिलले बलमाथि बढी नियन्त्रण राखे तर मोरक्कोले बलियो रक्षात्मक खेल प्रस्तुत गरेर च्याम्पियन टाेलीमाथि दबाब राख्न सफल रहे ।

मध्यान्तर अगाडि दुवै टोलीले एक–एक गोल गरेका थिए । मोरक्कोका साइबरीले २१औं मिनेटमा गोल गरे भने ११ मिनेटपछि ब्राजिलका भेनेसियस जुनियरले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा दुवै टोली थप गोल हुन सकेन, खेल बराबरीमै टुंगियो । यस परिणामसँगै दुवै टोलीले एक–एक अंक प्राप्त गरे । मोरक्कोले बलियो ब्राजिलविरुद्ध अंक खोस्दै आत्मविश्वास बढाएको छ भने ब्राजिल अपेक्षित तीन अंक लिन नसक्दा दबाबमा परेको छ ।

मोरक्कोले उत्कृष्ट रक्षात्मक अनुशासन देखायो, जबकि ब्राजिलले अवसरहरूलाई पूर्ण रूपमा सदुपयोग गर्न सकेन ।आगामी समूह चरणका खेलहरू दुवै टोलीका लागि निर्णायक हुनेछन्, नकआउट चरणमा पुग्न प्रत्येक अंक महत्वपूर्ण बन्नेछ ।

माेरक्काेकाे विगतः अफ्रिकन राष्ट्र माेरक्काेकाे विगतकाे इतिहास हेर्दा सन् १९८६ मा पहिलो अफ्रिकी राष्ट्रका रूपमा समूह चरण पार गर्दै राउन्ड अफ १६ मा प्रवेश गर्न सफल भएकाे थियाे । १९९४ अमेरिकामा समूह चरणमै समाप्त भएकाे थियाे। १९९८ फ्रान्समा समूह चरणमै समाप्त, २०१८ रूसमा पनि समूह चरणमै खेल समाप्त भएकाे याे देश सन् २०२२ कतारमा भएकाे खेलमा भने सेमिफाइनल सम्म पुग्दै चौथो स्थान हासिल गर्न सफल भएकाे थियाे । यसै विश्वकपमा मोरक्कोले विश्व च्याम्पियन स्पेन र पोर्चुगललाई हरायो र फ्रान्ससँग सेमिफाइनलमा हार्यो।

अहिले ६ः४५ मा स्कटल्याण्ड र हाइटीबीचकाे खेल भैरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button