Headlineखेलकुदसमाचार

विश्वकप २०२६मा अमेरिकाको विजयी शुरुवात

आयाेजक राष्ट्रमध्येकाे एक अमेरिकाले फिफा विश्वकप २०२६को पहिलो खेलमा पराग्वेलाई ४–१ ले पराजित गरेर विजयकाे सुखद यात्रा सुरु गरेकाे छ ।

अमेरिका यस जितसँगै समूह डीमा अमेरिकाले महत्वपूर्ण ३ अंक जोड्न सफल भएकाे छ । तीन आयाेजक राष्ट्रमा मेक्सिकाे र अमेरिकाले विजयी हुँदै ३/३ अंक जाेडे भने क्यानडाले बाेस्निया हर्जगाेभिनासँग १/१ गाेल बराबरी भएकाेले अंक बाँड्न बाध्य भएकाे छ ।

अमेरिकाले घरेलु मैदानमा भएको खेलमा फ्लोरान बालोगनले २ गोल, गिओभानी रेयनाले १ गोल गरे भने पराग्वेका डामियान बोडाडिल्लाले आत्मघाती गोल गरे । पराग्वेका लागि माउरिसियोले एक गोल गरेका थिए ।

आगामी खेल तालिका अनुसार, अमेरिका जुन २० मा अस्ट्रेलियासँग र जुन २६ मा टर्कीसँग खेल्नेछ; पराग्वेले जुन २० मा टर्कीसँग र जुन २६ मा अस्ट्रेलियासँग खेल्नेछ ।

संक्षेपमा, अमेरिकाले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै समूह चरणमा बलियो सुरुवात गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button