
काठमाडाैँ २८ जेठ २०८३ । नेपाल सरकारकाे गृह मन्त्रालय अन्तर्गतकाे प्रहरी प्रधान कार्यालयले पाँचसय नौ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको एकैपटक सरुवा गरेको जानकारी गराएकाे छ।
प्रहरी महानिरीक्षकको बुधबारको निर्णयअनुसार आगामी असार महिनादेखि तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी प्रहरी निरीक्षकहरूको सरुवा गरिएको बताइएकाे हो।
नेपाल सरकार गृह मन्त्रालय नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग (कर्मचारी प्रशासन शाखा) काे पत्र संख्या: (०८२/०८३) र च.नं. ७५७३ मा प्रहरी निरीक्षकहरूको सरुवा/काज सम्बन्धकाे विषय खुलाउँदै व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, किताबखाना (प्रहरी) लैनचौर, काठमाडौंका लागि लेखिएकाे पत्रमा उल्लेख छ ।
पत्रमा महानिरीक्षकको मिति २०८३/०२/२७ गतेको निर्णयानुसार मिति २०८३ साल असार महिनादेखिको दरबन्दीबाट सेवा सुविधा पाउने गरी ५०९ जना प्रहरी निरीक्षकहरूलाई सरुवा/काज गरिएको जनाइएकाे छ ।