
काठमाडौं, जेठ २६ — यशस्वी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ‘काठमाडौं कलिङ्ग साहित्य महोत्सव’को चौथो संस्करणअन्तर्गत पुल्चोकस्थित होटल हिमालयमा यशस्वी पुस्तक पुरस्कार २०८१ प्रदान गरिएको छ।
२०८१ सालमा प्रकाशित पुस्तकहरूबाट मनोनयनमा परेका विभिन्न विधाका पाँच कृतिलाई पुरस्कार प्रदान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री तथा सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पुरस्कार वितरण गर्नुभयो।
पुरस्कृत कृतिहरूमा काव्य: हेमन्त शिशिर- बन्द कोठाको झ्याल, आख्यान: जयराम तिमिल्सिना –धीमहि, गैरआख्यान: भवानी खतिवडा – प्रणाम सगरमाथा, अनुसन्धान: दीपेन्द्रराज तिमिल्सिना – गुमनाम एक इतिहास बिसे नगर्ची र अङ्ग्रेजी अनुवाद: सबिता गौतम दाहाल — Pyramids of Lexical Ripples रहेका थिए ।
प्रतिष्ठानका अनुसार काव्यतर्फ ‘बन्द कोठाको झ्याल’ उत्कृष्ट कृति घोषित भएको छ। साहित्यका विभिन्न विधामा पुरस्कृत पाँच कृतिले नेपाली साहित्यिक सिर्जनामा नयाँ ऊर्जा थपेको आयोजकले जनाएको छ।