Headlineखेलकुदसमाचार

विश्वकप २०२६ लागू हुनेछ नयाँ नियमहरू यसरी

काठमाडौं, जेठ २३ फिफा विश्वकप २०२६ बाट खेललाई छिटो, व्यवस्थित र समय खेर फाल्ने प्रवृत्ति रोक्ने उद्देश्यले नयाँ नियम लागू हुने भएका छन्।

यी नियमहरू अन्तर्राष्ट्रिय फुटबल संघ बोर्ड (IFAB) को १४०औँ वार्षिक बैठकमा पारित भएका थिए। अब विश्वकपदेखि स्वतः लागू हुनेछन्।

थ्रो–इन र गोल–किकमा समय सीमा निर्धारण गरिए अनुसार खेलाडीले पाँच सेकेन्डभित्र थ्रो–इन गर्नुपर्नेछ, ढिलाइ भए विपक्षीलाई मौका दिइनेछ। गोल–किकमा ढिलाइ भए विपक्षीलाई सिधै कर्नर किक दिने व्यवस्था गरिएको छ।

नयाँ नियम अनुसार चाेट लागेकाे बेला मैदानमै उपचारपछि खेलाडी कम्तीमा एक मिनेट बाहिर बस्नुपर्नेछ। सबस्टीट्युसन प्रक्रिया अन्तर्गत रेफ्रीको संकेतपछि १० सेकेन्डभित्र खेलाडी भित्र–बाहिर हुनुपर्नेछ। ढिलाइ भए सम्बन्धित टोलीले ६० सेकेन्डसम्म एक खेलाडी कम भएर खेल्नुपर्नेछ।

भिडियो सहायक रेफ्री (VAR) संशोधनमा पनि गलत तरिकाले दिइएको दोस्रो पहेंलो कार्डबाट भएको रातो कार्डको समीक्षा गर्न सकिनेछ। ड्रप बल नियमसँगसँगै खेल रोकिएन भने जसको नियन्त्रणमा बल रहन्छ, त्यसै टोलीलाई बलको अधिकार दिइनेछ।

फिफाका अनुसार यी सबै नियमको उद्देश्य खेललाई छिटो, पारदर्शी र कम समय बर्बाद हुने बनाउन हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button