Headlineप्रविधि विशेषसमाचार

भर्टेल टेक्नोलोजिजले नेपालमा एनडीसी आधारित हवाई सेवा वितरण सुरु

नेपालको हवाई बजारमा एनडीसी प्रविधिको प्रवेशले पारदर्शिता, प्रतिस्पर्धा र यात्रु अनुभवमा सुधार ल्याउने सम्भावना छ। परम्परागत वितरण प्रणालीमा एयरलाइन र एजेन्टबीच हुने सूचना असमानता हट्दै जानेछ। यसले यात्रुहरूलाई प्रत्यक्ष रूपमा एयरलाइनको वास्तविक मूल्य र सेवासँग जोड्ने अवसर दिनेछ।

काठमाडाैँ २० जेठ २०८३ – भर्टेल टेक्नोलोजिजले स्ट्रिम ट्राभल सर्भिसेजमार्फत नेपालमा NDC (New Distribution Capability) आधारित हवाई सेवा वितरण औपचारिक रूपमा सुरु गरेको छ।

यस प्रणालीले एयरलाइन र ट्राभल एजेन्टबीच प्रत्यक्ष डिजिटल सम्पर्क स्थापित गर्नेछ, जसले टिकट बिक्री, भाडा जानकारी, र अतिरिक्त सेवाहरूलाई अझ पारदर्शी बनाउने अपेक्षा गरिएको छ।

नेपालमा पहिलोपटक एनडीसी प्रविधि प्रयोग गरेर हवाई सेवा वितरण सुरु भएको हो, जसले अन्तर्राष्ट्रिय स्तरमा प्रचलित प्रविधिलाई स्थानीय बजारमा ल्याएको छ। यसले यात्रुहरूलाई अधिक विकल्प, स्पष्ट मूल्य जानकारी, र व्यक्तिगत सेवाहरू उपलब्ध गराउने लक्ष्य राखेको छ।

स्ट्रिम ट्राभल सर्भिसेजले नेपालका ट्राभल एजेन्टहरूलाई एनडीसी प्रणालीमा जोड्ने कार्य सुरु गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button